
बासगढि
इलाका प्रहरी कार्यालय मोतिपुर बासगढीको हिरासतबाट भागेका अब्दुल खाँ पक्राउ परेका छन ।
अब्दुल खाँ यही साउन ९ गते अन्दाजी १०ः०० बजे खाना खुवाउने समयमा ड्यूटीमा रहेको सेन्ट्रीलाई झुक्याई हिरासतबाट फरार भएका थिए ।
प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले खाँलाई फरार भएको १४ दिन पछि पक्राउ गरेको बताए ।
उनका अनुसार, अब्दुल खाँलाई बढैयाताल गाउँपालिका वडा नं. ०२ स्थित नेपाल भारत सीमा नजिकबाट सोमबार पक्राउ गरेको हो ।बाँके खजुरा गाउँपालिका ०८ बस्ने वर्ष २६ को अब्दुल खाँ जबरजस्ती करणी मुद्धा पक्राउ परेका थिए ।
खाँलाई जिप्रका बर्दियाको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।