
बाँके जिल्लाको कोहलपुर नगरपालिका स्थित ईलाका प्रशासन कार्यालय कोहलपुरले सेवाग्राहीहरुलाई सहज रूपमा सेवा प्रवाह नगरेको बिचौलियाहरुको हालिमुहाली भएको सेवाग्राहीको गुनासो रहेको छ।
अपांगलाई समेत सर्बसाधारणको लाईनमा उभिन बिवस बनाएको छ।सरकार प्रदान गर्ने नेपाली नागरिकताको लागि ह्यिल चेयसको सहारामा ईलाका प्रशासन कार्यालय पुगेका अरुन पौडेल लगाएत थुप्रै सेवाग्राहीहरुले सेवा प्रवाह छिटो छरितो नगरेको र कर्मचारीहरु बाट अपहेलित हुन परेको केही आर्थिक चलखेलका कारण जस्ले कमिसन दिन्छ उसलाई सहजै रूपमा काम गर्नदिने र आफुले कमिसन नदिएपछि आफुले राहदानीका लागि भरेका फारमको काम नभएपछि के कति कारणले काम ढिलो भएको जानकारी लिन गएपछि ईलाका प्रशासन प्रमुख काशी प्रशाद पंगेने आफुलाई अभद्र ब्यवहार गरेको गुनासो समेत गर्नुभएको छ। स्थानीय ब्यवसायी विशाल राज हमाल बताउनुहुन्छ।
लाईनमा छु अब पालो आउँछ कि भनेर कुरेर बसेको छु। अपांग भएका कारण लामो लाईनमा उभिन परेको स्थानीय अरुन पौडेल बताउनुहुन्छ।
राहदानीका लागि बिहान ११:३० बजेदेखी बेलुका ५ बजेसम्म राहदानी अनलाइनमा भर्न पाइनुपर्ने हो।स्थानीय राहदानी बनाउने फारम भर्ने पसल नै थापेका स्थानीय ब्यसायीलाई राती ८:०० बजे अनलाइन खोलेर दिएकोमा केही समस्या उब्जिएको ईलाका प्रशासन प्रमुख विरुद्ध मिडियामा आउन बाध्य भएको बताउँछन् ।
ईलाका प्रशासन प्रमुख सँग गुनासोको बारेमा कार्यालयमा पुगेर हामीले बुझ्दा राष्ट्रिय परिचय पत्र र राहदानीमा समस्या आएको स्विकार्नुभएको छ भने नागरिकता यहि बाट प्रदान गरिने भएकाले प्राबिधिक रूपमा गरिने काम बाहेक अन्य कुनैपनि कारण ढिलो नभएको र राहदानीको हकमा छपाई मेसिनले आवश्यक पर्ने छपाई नगरीदिँदा ४ महिना देखि ईलाका प्रशासन कार्यालय कोहलपुरमा राहदानी पुगेको छै।