भ्रष्टाचार नियन्त्रणको माग गर्दै राप्रपाको युवा संगठन लगायत भातृ संगठनले संयुक्त रुपमा आज बाँकेको नेपालगन्जमा कालोपट्टी बाँधेर प्रदर्शन र कोणसभा गरेका छन्।
राप्रपाले गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइ सकेको थियो। आफ्ना माग पूरा गर्न का लागि राप्रपा यतिबेला दोस्रो चरणको संघर्षमा होमिएको छ। यसअघि राप्रपाले असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्ष गरेको थियो।

साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपाले भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा रहेको जानकारी दिएको छ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठनलगायत महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ बुदे माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको थियो भने सोही माग पूरा गराउन का लागि दबाबमूलक कार्यक्रम गरिरहेको हुकुम के सिले जानकारी दिएका छन।

दोश्रो चरणको कार्यक्रमहरु साउन ३१ गतेसम्म जारी रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय