राप्रपा नेपालका अध्यक्ष कमल थापाले दशवर्षे सशस्त्र द्वन्द्वकालका जघन्य अपराधलाई ‘सर्टकट’ प्रक्रियाबाट टुंग्याउने माग नरहेको बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्,‘संक्रमणकालीन न्यायअन्तर्गत जघन्य अपराध (बलात्कार, अपहरण, यातना, बेपत्ता, हत्या) मा न्याय नदिलाई टुंग्याइने सर्टकट प्रक्रियाको माग पीडित र मानवअधिकार जगतको छैन ।’

पछिल्लो समय सरकारले अलपत्र अवस्थामा रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई टुंगोमा पुर्‍याउने तयारी थालेको छ । यसबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय