
बाँकेमा मंगलबार दिउँसोसम्म ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा ३८३,मेडिकल कलेज कोहलपुरमा १४५, बागेश्वरी ल्याबमा १०९, जमुनाहा नाकामा २ जना गरी मंगलबार दिउँसोसम्म ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ सय ८३ मध्येमा २ सय ९९ जना बाँकेका रहेका छन् । त्यसमा पनि नेपालगन्ज उपमहानगरपालिकाका २ सय ३६, कोहलपुर नगरपालिकाका २५ जना, बर्दियाको बारबर्दियाका २१ जना छन् ।
पोजिटिभ देखिएकोमा २० देखि ४० वर्ष उमेरका धेरै छन् । २० वर्ष भन्दा कम उमेरका ५२ जना रहेको अस्पतालले जनाएको छ । भेरीमा अहिले एक सय ९८ जनाले उपचार गरिरहेका छन् ।