काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन शुरु गर्ने भएको छ ।महानगरपालिकाले सूचना जारी गरेर आज बिहान ६ बजेदेखि फोहोर संकलन सुरु गर्ने जनाएको छ ।

महानगरले फोहोरमैला ढुवानीको लागि आउने सवारी साधनसम्म पुऱ्याइ सुरक्षित रुपमा घरभित्र राखिएको फोहोरमैला संकलन गर्ने कार्यमा सहयोग पुऱ्याइदिन अनुरोध गरेको छ । साथै कुहिने र नकुहिने फोहोर छुटाउन समेत आग्रह गरेको छ ।

फाहोर व्यवस्थापन गर्ने बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यसअवधिमा फोहोर घरभित्रै राख्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय