
५ साउन
बाँके क्षेत्र नम्बर ३ नेपाली काङ्ग्रेस आयोजनामा क्षेत्रीय सभापति नकि खाँनको सभापतित्वमा बिहिवार नेपाली काङ्ग्रेस सह महामन्त्री किशोर सिंह राठाेरको प्रमुख आतिथ्यमा नेपाली काङ्ग्रेस बाट निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई,सम्मान तथा शुभकामना कार्यक्रम खजुरा मिनिपार्कको हलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा संबिधान सभा सदस्य बादशा कुर्मी र आशा बि क प्रदेश सभा सदस्य याकुब अन्सारी नेपालगन्ज उप महानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादब महा समिति प्रतिनिधि देब बहादुर खत्री महासमिति सदस्य चन्तराम थारु महासमिति सदस्य टेक बहादुर खड्का नेपाली काङ्ग्रेस बाँके जिल्ला सह सचीव बिनोद कुमार थारु नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि खजुरा गाउँपालिका सभापति रमेश सिजालि नेपालगन्ज उप महानगरपालिका १७ का वडा अध्यक्ष लक्ष्मण प्रशाद बर्मा बैजनाथ गाउँपालिका ३ का वडा अध्यक्ष निखिल बैगार ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही ६ का वडा अध्यक्ष भुपाल पुन मगर ८ का वडा अध्यक्ष भग्गन थारु खजुरा गाउँपालिका १ का वडा अध्यक्ष मनबिर क्षेत्री ८ का वडा अध्यक्ष फिरोज खाँ त्यसैगरी जानकी गाउँपालिका ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा ५ का वडा अध्यक्ष टिकानाथ यादव ६ का वडा अध्यक्ष जगदीश कुमार हरिजन लगाएत कार्यपालिका सदस्यहरु वडा सदस्यहरु लगाएत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
सम्मान बधाई एवं शुभकामना कार्यक्रममा प्रमुख अतिथी राठाेर ले बि पि कोइरालाको फोटाेमा माल्यार्पण गरेर टिका र माला लगाएर कार्यक्रम शुभारम्भ गरिएको थियो भने उपस्थित सबैलाई नेपाली काङ्ग्रेस बाँके क्षेत्र नम्बर ३ ख का क्षेत्रीय सभापति राजेन्द्र आचार्यले मन्तव्य द्वारा स्वागत एवं सम्मान गर्नुभएको थियो।
सम्मान कार्यक्रममा विभिन्न ब्यक्तिहरुले पार्टीको नीति सिद्धान्तलाई अंगिकार गर्दै बि.पि.को सिद्धान्तलाई अक्षरस पालना गरेर पार्टीको राय सल्लाह बमोजिम स्थानीय सरकार संचालन गर्न र जतिलामो समयपछि कम्युनिस्टको किल्ला तोडेर स्थानीय स्तरमा नेपाली काङ्ग्रेसको सरकार बनेको छ अब आगामी दिनमा समेत प्रदेश र संघको निर्वाचन मात्र नभएर अब २३ बर्षसम्म सत्ता टिकाईराख्न जनमुखी स्थानीय नागरिकका समस्या समाधान गरेर अगाडि बढ्न अनुरोध गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सह महामन्त्री किशोर सिंह राठाेरले पार्टीको सरकार निर्माण गर्न सर्बप्रथम संगठन मजबुत हुनपर्छ र पार्टीको महाधिवेशनमा समुहगत रूपमा लोकतान्त्रिक पद्वतीलाई अङ्गाल्दै निर्वाचनमा गएतापनी बिजय भैसकेपछी कुनैपनी ब्यक्तिले समूह अनुसार ब्यक्तिवादी काम नगरेर पार्टीलाई एक ढिक्का बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
बर्षमा ३६४ दिन नेपाली काङ्ग्रेस १ दिन अन्यत्र जानेलाई पार्टीमा कुनै स्थान नभएको बताउनु भयो।टिकट आफुले पाए ठिक अरुले पाए बेठिक भन्ने ब्यक्तिवादी प्रवृत्तिलाई त्याग्नुपर्ने र यदि नत्यागे त्यस्तो योग्य ब्यक्तीलाई अन्य पार्टी बाट ल्याएर समेत चुनाव जिताउन लाग्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने निर्देशन दिनुभयो ।
नेपालमा कहि कतै केही नेताहरुले नेपालमा पनि श्रीलंका जस्तो समस्या आउन सक्ने बारे मन्चमा बोलेका कुरामा कुनै सत्यता नभएको कुरा गरेकोले नेपालमा नेपाली काङ्ग्रेस सहित गठबन्धनको सरकारले आर्थिक मन्दी हुन नदिन नेपालमै कृषिलाई प्राथमिकता दिन बजेट समेत सार्बजनिक गरेकाले ती श्रीलंका बन्छ भन्नेहरुनै नेपाललाई नेपाल रहन नदिने सडयन्त्र गर्न थालेकाले त्यस्ता ब्यक्तिहरुले भनेकोमा कुनै विस्वास नगर्न अनुरोध गर्दै निर्बाचित भएका सबै जनप्रतिनिधिहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई समापन गर्दै क्षेत्रीय सभापति नकि खाँले सम्मान ग्रहण गर्ने सबै जनप्रतिनिधिहरु र पार्टीका सह महामन्त्री राठाेर लगाएत सम्पुर्णलाई उपस्थित भएकोमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको क्षेत्रीय सचीव ज्ञान बहादुर ओलि संन्चालन गर्नुभएको नेपाली काङ्ग्रेसका नेता कृष्ण बि के रसाइलीले जानकारी दिनुभयो ।