बैजनाथ ५ साउन: बाँकेमा भारी बर्षासँगै धान रोपाइँ नभएका बन्जर जग्गाले पानी पाएका छन् भने खोलानाला नजिकका घर बस्ती डुवान पर्न सक्ने सम्भावना भएका धेरै भएको अवस्थामा बिहिवार बैजनाथ गाउँपालिका ८ बर्गद्वी स्थित दुई घरको छानो लगाएको जस्तापाता बर्षासँगै आएको हुरीले उडाएर स्थानीय २ घर परिवार छानो बिहिन भए भने स्थानीय बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय राहत लिएर पीडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ।

स्थानीय नागरिकहरुलाई सचेत रहन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले अनुरोध गरेको दोश्रो दिननै दैबिक प्रकोपका कारण स्थानीय छानो बिहिन भएता पनि स्थानीय सरकार बाट आवश्यक तत्काल राहत प्याकेज उपलब्ध गराउनुपर्ने स्थानीय समाजसेवी केदार थारु बताउनु हुन्छ।स्थानीय नागरिकलाई प्रकोपका कारण क्षती भएको छ । जनको क्षती भने भएन बाँकी घरमा राखेको खाद्यान्न चामल दाल गहुँ आदि पानीले भिजेर काम नलाग्ने भएको छ अब त्यसैले पनि तत्काल राहत स्वरुप त्रिपाल र आवश्यक खाद्यान्न उपलब्ध गराउनुपर्ने स्थानीय सरकारलाई थारुले अनुरोध गर्नुभएको छ।

स्थानीय नागरिकहरुलाई सुरक्षीत सचेत भएर बस्न अनुरोध गर्नुका साथै बिपदबाट हुन सक्ने जनधनको क्षती हुन नदिन समस्या आउनुपुर्ब नै सचेत रहन अनुरोध गर्नुभएको हो। स्थानीय वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य लगाएत निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई आ आफ्नो गाउँ टाेलको समस्या आउन नदिन सबैलाई सचेत गराउन निर्देशन दिनुभएको छ। भने वडा बाट समाधान हुन नसक्ने समस्या गाउँपालिकामा तुरुन्त समस्या समाधान गरिने बताउनुभएको छ भने सम्पुर्ण बैजनाथबासिलाई स्थानीय सरकार सधैं २४ घन्टा स्थानीय नागरिकहरुको साथमा भएकाले हत्तोसाहित नहुन समेत अनुरोध गर्नुभएको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले जानकारी दिनुभयो।

बिहिवार बिहान करिब ७:०० बजे एक्कासि आएको हुरीका कारण बर्गद्विका २ घरमा पुर्ण रूपमा क्षती भएको छ भने छिमेकीको घरमा आश्रय लिएर दुबै परिवार बसेको स्थानीय राज कुमार मङ्ता बताउँछन् बच्चा महिला उनिहरु सबै छोडेर बाहिर आएर अर्को छिमेकीको घरमा आश्रय दिएको बताउनुहुन्छ।

स्थानीय रचना थारु बताउनु हुन्छ अचानक हावाहुरी आयो घरको छानो पूरा उठाएर फालिदियो घरमा वृद्धसासु आमा आफू र आफ्नो कोखको बच्चा थियौ बच्चालाई काखिमा च्यापे सासू आमा कुनातिर हुनुहुन्थ्यो चोट लागेन तर मेरो टाउकोमा ईट्टा लागेर बेहोस नै भएछु थाहा भएन अलि पछि पानी शरीरमा परेपछि आफै बिउझिए चोट सामान्य भएकाले खासै असर परेन अब खाद्यान्न सबै भिज्यो काम नलाग्ने भएको छ हामीलाई स्थानीय सरकारको आसा भएको बताउनु भयो।

उपाध्यक्ष रोकाय स्थानीय नागरिक पिडामा पर्नु भनेको निकै दु:खद कुरा हो अब स्थानीय नागरिकको समस्या समाधान गर्न स्थानीय सरकार तत्पर छौँ अहिले तत्काल राहतका केही प्याकेज उपलब्ध गराएका छौँ अब तत्काल स्थानीय सरकार स्थानीय दैबिक प्रकोप बाट पीडित नागरिकलाई आवश्यक खाद्यान्न र अन्य सामाग्री आवश्यकता अनुसार उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ।

यस्ताखाले अचानक हुने दैबिक प्रकोप बाट सचेत रहन आफू र छरछिमेकमा पानीको सतह वृद्धि हुना साथ सुरक्षीत स्थानमा सर्न समेत अनुरोध गर्नुभएको छ भने स्थानीय सरकार स्थानीय नागरिकको साथमा छ कुनै पनि समय कुनै प्रकारको दैबिक प्रकोप जस्ता घटनामा सधैं नागरिकको साथमा स्थानीय सरकार भएकाले ढुक्क हुन समेत अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय